काठमाण्डौं — सिद्धार्थ बैंक लिमिटेडले ४२ करोड ३२ लाख १९ हजार २ सय ६४ बराबरको बोनस शेयर प्रदान गर्ने भएको छ ।
बैंकको सत्रौं वार्षिक साधारण सभाले उक्त बोनस शेयर प्रदान गर्ने निर्णय गरेको हो ।
साधारण सभाले बैंकको चुक्ता पुँजी ८अर्व ४६ करोड ४३ लाख ८५ हजार २ सय ७६ को ८.१६ प्रतिशतका दरले हुने ६९ करोड ०६ लाख ९३ हजार ८ सया ३८ नगद लाभांश र ५ प्रतिशतका दरले हुने ४२ करोड ३२ लाख १९ हजार २ सय ६४ बराबरको बोनस शेयर प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।
यस पश्चात् बैंकको चुक्ता पुँजी ८.८८ अर्व पुगेको छ ।
FACEBOOK COMMENTS