काठमाडौं, जेठ ३० – आइतबार देशभर कोरोना भाइरसका २ हजार ४७० जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा ६५३ जनासहित बागमती प्रदेशमा ९०० जना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा ४८३ जना, ललितपुरमा ११२ जना र भक्तपुरमा ५८ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै आइतबार काभ्रेपलाञ्चोकमा २३, चितवनमा १, दोलखामा १, धादिङमा ४३, नुवाकोटमा ९१, मकवानपुरमा ३, रसुवामा २, रामेछापमा ४ जना, सिन्धुपाल्चोकमा ५७ र सिन्धुलीमा २२ जना संक्रमित थपिएका छन् ।
FACEBOOK COMMENTS