०१ असार, नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज मंगलबार सामान्य अंकको गिरावट आएको छ । हिजो सोमबार ४२।७२ अंकले बढेर तीन हजार २५ दशमलब ८३ विन्दुमा पुगेको थियो ।
आज नेप्से ३।७२ अंकले घटेर तीन हजार २२ दशमलब ११ विन्दुमा थामिएको छ । त्यस्तै, आज १६ अर्ब ५२ करोड ८७ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज तीन वटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, खानिखोला हाइड्रोपावर कम्पनी र युनियन हाइड्रोपावर रहेका छ । यी कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।
त्यस्तै, आज छ्याङदी हाइड्रोपावर र लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस दिन छ्याङदी हाइड्रोपावरको शेयरमूल्य ७।६६ प्रतिशतले घटेको छ भने लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्य ७।०२ प्रतिशतले घटेको छ ।
त्यसैगरि, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि–इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको ७६ करोड ३० लाख ९७ हजार २२१ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
FACEBOOK COMMENTS