काठमाडौं । सेयर लगानीकर्ता संगठनले गैह्र जिम्मेवार धितोपत्र बोर्डको धारणा र प्रवृतिमा नलागी संयमित भएर लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीहरुको बारेमा प्रकाशित अवधारणाप्रति लगानीकर्ताको संगठनले गम्भिर असहमति जनाउँदै लगानीकर्तालाई यस्तो आग्रह गरेका हुन् ।
बोर्डले आफ्नो जिम्मेवारी र दायित्वलाई मनन नगरी गरेको यो काम पुँजिबजारको अहितमा रहेको भन्दै नेपाल इन्भेष्टर फोरम र सेयर लगानीकर्ता संघ नेपालले बोर्डको धारणा र प्रवृतिप्रति नलागी संयमित ढंगले लगानी सम्बन्धि धारणा बनाउन आग्रह गरेका छनु ।
नियामक निकायले आफैले सञ्चालन स्विकृती दिएका कम्पनीहरुमा लगानी गर्न उचित हुँदैन भनेर धारणा दिन सक्दैन र कानूनले बर्जित गरेका बाहेक सबै कामहरु स्वतन्त्र रुपमा गर्ने छुट पाउने जनाएको छ । बोर्डले लगानीकर्तालाई श्रव्य दृश्य, इलेक्ट्रोनिक मिडिया, वेव साइट जस्ता माध्यम मार्फत जानकारी मूलक सूचना दिनुपर्नेमा ५१ वटा कम्पनीलाई कालो सूचिको ढाँचामा प्रस्तुत गर्दै असार १ गते लगानी गरेका लगानीकर्ताको लगानीलाई असुरक्षित बनाउने काम बोर्डले नै गर्नु ज्यादै दुःखद भएको जारी विज्ञप्तिमा उल्लेख छ । दुवै संगठनले विज्ञप्तिमा यी कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरुको लगानीको सुरक्षा गर्ने जिम्मा बोर्डको हो की होइन भन्दै प्रश्न गरेका छन ।
सरकारको प्रत्यक्ष लगानी भएका कम्पनीमा सर्वसाधारणले विश्वास गरेर लगानी गर्नु गलत भएको हो ? भन्दै प्रश्न गरेका छन् । विज्ञप्तिमा लगानीकर्ताले टिएमएस, क्लोज आउट, मेरो सेयरमा भोगेको मसस्या समाधान नगरी, नयाँ ब्रोकरलाई लाईसेन्स नदिइ, बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाईसेन्स नदिइ सेयर खरिब बिक्रीमा लाग्दै आएको चर्को कमिशन घटाउन ध्यान नदिई, पुँजिगत लाभकर घटाउने विषय ओझेलमा पारेर ५१ वटा कम्पनी खराब भनेर विज्ञप्ति निकाल्नु चिन्ताको विषय भएको उल्लेख छ ।
FACEBOOK COMMENTS