काठमाडौँ— प्रभु बैंक लि.ले अंग्रेजी नयाँ वर्ष २०१९ को अवसर पारेर ग्राहकहरुको लागि पिबिएल मास्टर्स कार्ड सञ्चालनमा ल्याएको छ ।
बैंकले पुस २६ गते काठमाडौंस्थित सोल्टी होटेलमा आयोजित एक समारोहमामार्फत पिबिएल मास्टर्स कार्डको औपचारिक शुभारम्भ गरेको हो ।
सो कार्डको औपचारिक शुभारम्भ समारोह प्रभु बैंक लिका सञ्चालक समितिका अध्यक्ष देवीप्रकाश भट्टचनले गरेका हुन् ।
Digital Payment क्षेत्रमा ख्यातिप्राप्त अन्तर्राष्ट्रियस्तरको कार्ड कम्पनी मास्टर्स कार्ड र नेपालस्थित प्रभु बैंक लि. को साझेदारीमा EMV chip based PBL Mastercard सञ्चालनमा ल्याइएको हो ।
कार्यक्रममा प्रभु बैंक लि. कार्यवहाक प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले स्वागत मन्तव्य राख्नुहुँदै प्रभु बैंकले मास्टर्स कार्ड सँगको साझेदारीमा यो कार्ड सेवा सञ्चालनमा ल्याएको बताए ।
उनले यस कार्डबाट प्रभु बैंकका ग्राहकहरुले सुरक्षित र सरल तरिकाबाट बैंकिङ्ग कारोबार गर्न सक्ने बताए ।
FACEBOOK COMMENTS