काठमाण्डौं – सन्राइज क्यापिटल लिमिटेडलेसभाले शेयरधनीहरुलाई २०% नगद लाभांस दिने घोषणा गरेको छ ।
सन्राइज क्यापिटलको आठौं बार्षिक साधारणसभाले आ.ब.२०७४/०७५ को मुनाफाबाट शेयरधनीहरुलाई २०% नगद लाभांस दिने घोषणा गरेको हो ।
संचालक समितिले सिफारिस गरे बमोजिम साधारण सभामा अध्यक्षद्वारा प्रस्तुत आ।ब। २०७४/०७५ को वार्षिक प्रतिवेदन, लेखा परिक्षकका प्रतिवेदन पारित गरेको छ ।
साथै आ.बा. २०७५/०७६ को लेखा परिक्षकका लागि लेखा परिक्षकमा वसौला एण्ड एशोसिएटस्लाई नियुक्त गरेको छ ।
कम्पनीको त्यस सभाले आफ्नो नियमावली संशोधन गरी २ स्वतन्त्र संचालक सहित कुल ६ जनाको संचालक समिती कायम गर्ने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS