काठमाडौँ — सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका अध्यक्ष अच्युुत प्रसाद प्रसाईले शपथ ग्रहण गरेका छन् ।
बैंकको चौंधौ बार्षिक साधारण सभाबाट संस्थापक तथा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ३/३ जना गरि जम्मा ६ जना र्निविरोध निर्वाचित संचालकहरु थिए ।
त्यस मध्ये सोही दिन बसेको नव निर्वाचित संचालकहरुको २२४ औ बैंठकले सर्वसम्मत रुपमा प्रसाईलाई अध्यक्षमा चयन गरेको थियो ।
नेपाल राष्ट्र बैंक, बैंक तथा बित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलको उपस्थितीमा नेपाल राष्ट्र बैंकका डेपुुटी गभर्नर चिन्तामणी शिवाकोटी समक्ष पद तथा गोपनीयताको शपथ लिए ।
FACEBOOK COMMENTS