काठमाडौं । शेर बहादुर देउवाको नेतृत्वमा गठन हुने नयाँ सरकारमा नेकपा माओवादी केन्द्रले नेता जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउने तयारी गरेको छ।आज (मंगलबार) साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपती कार्यालयमा सपथ ग्रहण गर्ने कार्यक्रम छ। सो लगत्तै आजै घोषणा हुने सानो आकारको मन्त्रिमण्डलमा शर्माले अर्थमन्त्री र भुसालले उर्जा मन्त्रीको रुपमा सपथ गर्ने भएका छन् । उनीहरूले देउवासँग मन्त्रीको सपथ लिने तयारी भइरहेको माओबादी सम्बद्ध स्रोतको दाबी छ।
उता ओलीको बिपक्षमा गठबन्धन बनाएको जनता समाजवादी पार्टीले भने आज मन्त्रीको नाम नपठाउने भएको छ । जनता समाजवादी पार्टीको सोमबार ललितपुरमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको अनौपचारिक बैठकले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने निर्णय गरेको हो ।
जसपाले देउवाको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने र मन्त्रालय टुंगिएपछि सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS