काठमाडौं ।
काठमाडाैं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रव्यापी भर्चुअल वक्तृत्व कला प्रतियोगिता आयोजना हुने भएको छ ।लियो क्लब अफ काठमाडौं सौहार्द र लायन्स क्लब अफ काठमाडौं न्यू सिटिको संयुक्त आयोजना तथा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्, रोटर्याक्ट क्लब अफ पशुपति नेपाल ल क्याम्पसको सह-आयोजना, र लियो जिल्ला परिषद् A1,A2,B2 र थट फर फुडको सहयोग, लायन्स क्लब अफ काठमाडौं न्यू स्मार्ट सिटि र लायन्स क्लब अफ काठमाडौं हाम्रो कोटेश्वर सिटीको संयुक्त सहकार्यमा श्रावण २२ गतेदेखी २७ गतेसम्म राष्ट्रव्यापी भर्चुअल वक्तृत्व कला प्रतियोगिता आयोजना हुने भएको हाे ।
प्रतियोगिताका बिभिन्न चार चरणमा बाडिएको छ जसमा सुरुको छनौट चरण पार गरेपछि प्रतियोगी इन्टरमिडिएट चरणमा प्रवेश गर्नेछन् । त्यसपछि सेमिफाइनल हुनेछ र अन्तिममा फाइनल हुनेछ । प्रतियोगितामा भाग लिनका लागि प्रतियोगीले तीन मिनेटको भिडियो आयोजकले तोकेको विषयमा नेपाली या अङ्ग्रेजी कुनैपनि भाषामा बनाएर आयोजकलाई पठाउनुपर्नेछ ।प्रतियोगिताको लागि प्रतियोगीले श्रावण २१ गते बेलुका १२ बजेसम्म नाम दर्ता गराउनु पर्नेछ ।
उत्कृष्ट ५ प्रतियोगीलाई नगद, प्रमाणपत्र तथा अन्य पुरस्कारको व्यवस्था गरिएको छ ।; https://forms.gle/
FACEBOOK COMMENTS