काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक हुनु पूर्व नै चुहिएपछि राष्ट्र बैंकमा हलचल सुरु भएको छ । आज बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले अनुमोदन गरेको मौद्रिक नीति आजै अपराह्न सवा ४ बजे सार्वजनिक गर्ने कार्यतालिका रहेको थियो ।
तर, उक्त मौद्रिक नीति सार्वजनिक हुनपूर्व नै तथ्याङ्कसहित सञ्चार माध्यममा समाचार बनेपछि राष्ट्र बैंकमा हलचल भएको हो । “सञ्चार माध्यममा तथ्याङ्कसहित समाचार आएको छ,” राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, “जोबाट भएपनि ठुलो त्रूटि भयो, यसले राम्रो सन्देश दिएन ।”
राष्ट्र बैंकले समाचार एजेन्सीलाई मौद्रिक नीति सार्वजनिक कार्यक्रमको प्रत्यक्ष प्रसारणको अनुमति दिएको विषयमा पनि अहिले आलोचना भइरहेको छ ।
FACEBOOK COMMENTS