काठमाण्डौँ — नेपाली सेनाले काठमाडौंको महांकालस्थित त्रिभुवन–चन्द्र सैनिक अस्पताल भत्काएर बनाएको नयाँ भवनको नक्सापास गराएको छ ।
सेनाले गत साता काठमाडौं महानगरपालिकामा ५८ लाख रुपैयाँ राजस्व बुझाएर नक्सापास गराएको हो ।
महानगरले सेनालाई भवन निर्माण सम्पन्नताको प्रमाणपत्रसमेत दिएको छ ।
घाइते सैनिकको उपचारका लागि बनाइएको भवन २०७२ को भूकम्पले चर्किएको थियो ।
सेनाले पुरातत्त्वसँग कुनै सम्पर्क नगरी भवन भत्काएर नयाँ बनाएको हो ।
.— कान्तिपुर
FACEBOOK COMMENTS