काठमाण्डौँ — सरकारले दूध उत्पादन पुगेन भनिरहँदा किसानले भने त्यसैका लागि बजार नपाएको गुनासो गरेका छन् ।
सरकारले चौधौं योजनामा २२ लाख ९६ हजार टन दूध उत्पादन गर्ने लक्ष्य राखेको थियो ।
त्रिवर्षीय योजनाको अन्तिम वर्षमा आइपुग्दा २० लाख ८५ हजार टन मात्रै उत्पदान भइरहेको छ ।
कृषि मन्त्रालयले चालु आर्थिक वर्षका लागि २५ लाख ९४ हजार टन उत्पादन गर्ने लक्ष्य राखेको छ ।
सरकारले दूध उत्पादन अपुग भएको तथ्यांक देखाए पनि किसानले भने बजार पाउन सकेका छैनन् ।
उत्पादित दूध बिक्री नभएपछि उनीहरूले ‘मिल्क होलिडे’ समेत मनाउँदै आएका छन् ।
बजार अभाव र आयातित सस्तो पाउडर दूधले किसानको सपना चकनाचुर भएको गोरखकाली गाई फार्मका सञ्चालक किशोर बगालेले बताए ।
किसानले बजार नपाएको गुनासो गरिरहँदा दुग्धजन्य पदार्थको आयात भने बढदो छ ।
.— कान्तिपुर
FACEBOOK COMMENTS