काठमाडौं । साझा सेवा सहकारी संस्थाले सञ्चालन गरेका पेट्रोल पम्पहरूमा एभरेष्ट बैंकको क्यूआर–कोडमार्फत भुक्तानी गर्न सकिने भएको छ ।
आज सोमबारदेखि एभरेष्ट बैंकले साझाका सबै पेट्रोल पम्पहरूमा क्यूआर–कोड सेवा शुरू गरेको छ । उक्त सेवा शुरूवातसँगै साझा सेवा (सहकारी संस्था)ले सञ्चालन गरेका पेट्रोल पम्महरूमा एभरेष्ट बैंकको क्यूआर–कोडमार्फत भुक्तानी गर्न सकिने भएको छ ।
बैंकका बागमती प्रदेश प्रबन्धक सन्तोष भट्टराई र साझा सेवा सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले उक्त सेवाको संयुक्त रुपमा गरेका छन् ।
साझाका पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थ किनेपछि बैंकको क्यूआर–कोडमार्फत भुक्तानी गर्दा रियल टाइममा नै साझा सेवा (सहकारी संस्था)को पुल्चोकस्थित शाखामा रकम जम्मा हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS