काठमाण्डौँ — माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणको अवधि पछाडि धकेलिँदै गएको छ।
पछिल्लोपटक आयोजना निर्माणको अवधि थपेर २०७६ को कात्तिकमा पुर्याइएको छ।
यसअघि तामाकोसी आयोजनाबाट २०७६ भदौ १४ भित्र बिजुली उत्पादन गर्ने भनिएको थियो।
अहिले त्यसलाई परिवर्तन गरी कात्तिकसम्ममा बिजुली उत्पादन गर्ने भनिएको छ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले आगामी कात्तिक भित्रमा व्यावसायिक रुपमा बिजुली उत्पादन गर्ने गरी काम भइरहेको बताए।
समय थपसँगै आयोजनाको लागत पनि बढ्दै गएको छ।
आयोजनाका अनुसार हालसम्म ९७ प्रतिशत काम पूरा भइसकेको छ।
— नागरीक
FACEBOOK COMMENTS