काठमाण्डौँ — सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले मुलुकका सतहत्तरै जिल्लामा शाखा स्थापना गरी सेवा शुरु गरेको छ ।
यसअघि ७४ जिल्लाका शाखा कार्यालयमार्फत सेवा दिँदै आएको बैंकले आफ्नो स्थापनाको ५४औंँ वार्षिकोत्सवका अवसरमा तीन जिल्लामा शाखा विस्तार गरेको हो ।
जाजरकोट, रुकुम र मुस्ताङमा बिहीबारदेखि सञ्चालनमा आएको शाखाको कावा प्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँमा डिजिटल प्रविधिबाट उद्घाटन गरे ।
बैंकको पुल्चोक, नक्साल र हेटौँडा शाखालाई ‘स्मार्ट शाखा’का रुपमा रुपान्तरण गरिएको छ ।
यस वर्ष २० भन्दा बढी शाखालाई स्मार्ट शाखा बनाउने योजना बैंकले अघि सारेको छ ।
नयाँ शाखा विस्तारसँगै सबै जिल्लामा गरेर २१७ शाखाबाट सेवा सञ्चालन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।
FACEBOOK COMMENTS