काठमाण्डौं– ज्योति विकास बैंक दशौं वर्ष पुरा गरी एघारौंैं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो दशौं वार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरेको छ ।
उक्त बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ भने सामाजिक उत्तरदायित्व अन्तरगत मुस्ताङ्ग जिल्लामा भएको सवारी दुर्घटनामा आफ्नो श्रीमान सहित सबै परिवार गमाउन पुगेकी रोल्पा जिल्लाको थवाङ्ग गाउँपालिका ५ की २१ वर्षिया लिलासरी पुनमगर रोका संग हाल बृद्ध सासु ससुरा र ५ वर्षे छोरा मात्र रहेकोले निजलाई बैंकमा रोजगारी प्रदान गरी बच्चाको १२ कक्षा सम्मको पढाई लेखाई खर्च व्यहोर्ने निर्णय गरेको छ ।
साथै बैंकको विराटनगर शाखाबाट श्री जनचेतना आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी प्रदान गरिएको छ भने देवघाट शाखाबाट देवघाट समाज कल्याण केन्द्रका वृद्घवृद्घाहरुलाई फलफूल,खाजा तथा रुमाल वितरण गरिएको छ । त्यस्तै बैंकको वर्दिबास शाखाबाट पनि धनुषामा अवस्तिथ लालगढ कुष्टरोग अस्पताल तथा बाँकेको कोहलपुरमा रहेको कौशिल्या पोलिकिल्नकका बिरामीहरुलाई फलफूल, खाजा आदि वितरण गरिएको छ तथा बैंकको अन्य शाखाहरु मार्फत पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन भएका बैंकले जनाएको छ ।
बैंकले ज्योति रेमिट तथा ज्योति स्मार्ट मोबाइल बैंकिङ्गको औपचारिक शुभारम्भ गरेको छ ।
यस विकास बैंकको हाल मुलुक भरिमा ६० वटा शाखा संजाल तथा २० वटा एटीएम् मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आ.व. भित्र यस बैंकले ९० वटा शाखाहरु पु¥याउने लक्ष्य सहित कार्य गरिरहेको जानकारी गराएको छ । ज्योति विकास बैंकको हालको चुक्ता पुंजी रु. २ अर्ब ५९ करोड ३६ लाख रहेको रहेको छ । हालसम्म बैंकले २ लाख भन्दा बढि खाताबाट रु. १९ अर्व ५६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १६ अर्व ९ करोड ऋण लगानी गर्न सफल भएको छ ।
FACEBOOK COMMENTS