काठमाण्डौँ — वैदेशिक रोजगारीका लागि ओमन र युएईसँग छिट्टै श्रम सम्झौता हुने भएको छ।
श्रम सम्झौताका लागि छलफल गर्न नेपाली टोली शनिबार ओमन र युएई जान गएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दिपक ढकालका अनुसार ओमन र युएईसँग छिट्टै सम्झौता गर्न टोली ओमन र युएई गएको छ।
ओमानसँग श्रम सम्झौताका लागि दुई दिन छलफल गरेर नेपाली टोली मंगलबार युएई जानेछ।
युएईसँग दुई दिन छलफल गरी टोली स्वदेश फर्किने छ।
नेपालले दुवै देशमा शून्य लागतमा कामदार पठाउने र सम्पूर्ण लागत खर्च रोजगारदाताले नै बेहोर्ने गरी सम्झौता गर्ने तयारी गरेको छ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS