असोज १, काठमाडौं । विश्वमा उत्कृष्ट अमेरिकी ब्राण्ड मोटरहेड कम्पनीको मोटरहेड नयाँ टेकन आर २५० बाईक नेपाली बजारमा बिक्री सुरू गरिएको छ । बाइक सार्वजनिकरण कार्यक्रममा बोल्दै नेपाल अटो डिलर एसोसिएसनका अध्यक्ष कृष्ण प्रसाद दुलालले कोभिड महामारीमा अटो मोबाइल क्षेत्र अन्य क्षेत्र भन्दा कम प्रभावित बनेको बताए । उनले अप्ठ्यारो परिस्थितिमा समेत छिटो र सहज तरिकाले गन्तव्यमा पुग्न हरेकको आँगनमा एउटा मोटरसाइकल हुनु पर्ने बताए । लकडाउनको समयमा बजार केही सुस्ताए पनि लकाडाउन खुले सङ्गै कम्पनीले नेपाली बजारमा माग भए अनुसाका बाईकहरु उपलब्ध गराउदै आएको बताए । मोटरहेड नयाँ टेकन आर २५० बाइक पनि ग्राहकहरूको रोजाई बन्ने दुलालको भनाई थियो ।
एसएलआर टेक्नो एन्ड ट्रेडले मोटरहेड टेकन आर २५० ल्याईएको हो । आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड ९ एसजी समुहको एक सहायक कम्पनी ० ले यसपालिको दसैं, तिहार र छट जस्ता चाडपर्वको समयमा ुपर्व खुसिको पर्व बिश्वासको ु मोटरहेड छुट अफर लगायत विभिन्न स्किम लागू गरेको छ । सो अवसरमा ष्लकतबलत अबककज छुट गरिनुका साथै गिअपथ मचबध मार्फत रु। १,००,००० एक जनालाई , रु। ५०,००० एक जनालाई र रु। २५,००० एक जनालाई नगद उपहार रहेको छ । यो अफर २०७८ ९भदौ२४ देखि कार्तिक २४ ० सम्म रहने एसएलआर टेक्नो एन्ड ट्रेड लिमिटेडका निर्देशक सुगम घिमिरेले बताएका छन् ।
यो बाइक अफरोड बाइक हो तथापि यसको टायर पिच सडकलाई पनि हुने गरि तयार पारिएको हुन्छ । यसको फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरन्स,प्रशसनिय पिक अप , पावर र आरामको लागि परिचित छ । यो बाइकमा १४ लिटर इन्धन क्षमता भएको ट्यांकी छ ।
यसको माइलेज ३०–३५ किलोमिटर प्रति लिटर र हाइवेमा चलाउँदा ४० किलोमिटर प्रतिलिटरसम्म दिने एसएलआर टेक्नो एन्ड ट्रेड लिमिटेडका निर्देशक अध्यक्ष लोक हर्ष शाक्यले बताएका छन् ।
अमेरिकन कम्पनी मोटरहेडले उत्पादन गरेको यो बाइकलाई चाइनाको फ्युगो कम्पनीले एसेम्बल गरेको छ । ५ वर्षदेखि नेपालको दुईपाङग्रे बजारमा डर्ट सेगमेटको रुपमा परिचीत गराएको छ । यो बाइकमा आल्मुनियम मिसाईएको मेटल बढी भएकोले खिया लाग्ने समस्या नहुने महाप्रबन्धक उज्वल जोशिले बताए । उनका अनुसार नयाँ टेकन आर २५० को मुल्य सिमित अबधिका लागि रु। ४०५००० तोकिएको बताए। बिक्रीपछिको सेवाको गुणस्तर वृद्धिमा निरन्तर प्रयास र मोटरहेड चीन टिम सङ्ग निकट समन्वय गरि दिनहरुमा पुरै नयाँ स्तरमा ग्राहकलाई सन्तुष्टि दिने कुरामा कम्पनी विस्वस्त रहेको जानकारी गराएका छन् ।
यो ब्राण्डका नेपालमा १४ वटा डिलरहरू छन् । कम्पनीको आफ्नै शोरुम धोबिघाट ( ३ को अतिरिक्त यसका अन्य डिलरहरू भक्तपुर, बनेपा २८ किलो,धादिङ्ग, मन्थली , कावाशोति, बिर्तामोड, बाँकेकोे नेपालगञ्ज, पोखरा र नारायणघाटमा रहेका छन् ।
FACEBOOK COMMENTS