आश्विन ०२, काठमाडौं । नेपाली बजारमा भोलि साओमीको रेड्मी १० प्राइम सार्वजनिक हुने भएको छ । ६ हजार एमएएच क्षमताको ब्याट्रीसहित यो फोन पूर्ववर्ति रेड्मी ९ प्राइमको तुलनामा उल्लेख्य अपग्रेडसहित आउने कम्पनीले जनाएको छ ।
यसमा पञ्च होल डिस्प्ले डिजाइन, ५० मेगापिक्सेलको मुख्य सेन्सरसहित ट्रिपल रियर क्यामेरा, मिडियाटेक हेलियो जी८८ चिपसेट लगायतका फिचर छन् ।
त्यस्तै फोनमा ९० हर्जको रिफ्रेस रेटसहित ६।५ इन्चको फुल एचडी प्लस डिस्प्ले छ भने स्क्रिन प्रोटेक्सनका लागि कोर्निङ गोरिल्ला थ्री छ ।
यो फोन ४ जीबी र्याम र ६४ जीबी इन्टर्नल स्टोरेज तथा ६ जीबी र्याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ ।
साथै कम्पनीले फोनमा भर्चुअल रूपमा २ जीबी र्याम थप्न मिल्ने सुविधा दिएको छ ।
यो फोन नेपाली बजारमा २० देखि २५ हजार रूपैयाँभित्र उपलब्ध हुने अनुमान गरिएको छ ।
FACEBOOK COMMENTS