काठमाडौं,४ असोज । काठमाडौं उपत्यकामा सोमबार थप ३९६ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा २९८, भक्तपुरमा ६३ र ललितपुरमा ३५ जनामा कोरोना पोजेटिभ देखिएको हो।
यो सँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३१२२, ललितपुरमा १४४० र भक्तपुरमा ९७० रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा मुलुकभर थप १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा १३ हजार ८ सय १७ जनाको गरिएको कोरोना परीक्षण गरिएको थियो। यस्तै २४ घण्टामा थप दुई हजार ९५७ जना संक्रमित निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा मृत्यु हुनेको संख्या ८ जना रहेको छ। हालसम्म नेपालमा कूल संक्रमितको संख्यामध्ये ७ लाख ५२ हजार १ सय ७० जना निको भइसकेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म ११ हजार ४८ जनाको कोभिड–१९ का कारण ज्यान गएको छ। अझै २२ हजार ३ सय २३ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
FACEBOOK COMMENTS