काठमाडौं, ८ असोज । माछापुच्छ्रे बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरूलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको अफर ल्याएको छ । यो अफर असोज ८ गतेदेखि १७ गतेसम्म लागू हुनेछ । जसअन्तर्गत ग्राहकहरूले डेबिट वा क्रेडिट कार्डबाट पीओएस वा ई-कमर्स साइटमा कार्डबाट कम्तीमा ३ वटा कारोबार गरी दैनिक २१० सम्म र अफर अवधिभर अधिकतम २१०० सम्मको क्यास ब्याक पाउन सक्नेछन् ।
क्यास ब्याकको अतिरिक्त ग्राहकहरूले दैनिक आकर्षक उपहारहरु पनि जित्न सक्ने बैंकले जनाएको छ । आकर्षक उपहारहरूमा अल्काटेलको ट्याब्लेट, सिजीको माइक्रोओभन, सामसुङ माइक्रोओभन, इन्टेक्स ग्यास स्टोभ, पोलोरोइड क्यामरा, विभिन्न होटल तथा रेष्टुरेन्टहरूबाट फ्रि गिफ्ट कुपनहरू, ट्राभल प्याकेजहरू, फुडमाण्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुटरको तर्फबाट हेल्मेट र ज्याकेटलगायत छन् ।
यस बाहेक सेल्सबेरीमा भुक्तानी गर्दा सेल्सबेरीको तर्फबाट हरेक दिन ५ हजारसम्मको गिफ्ट भौचर पनि जित्न सकिने बैंकको भनाइ छ । वल्र्डलिंक, कल्पमार्ट, ग्यापु र जीवनसाथीको तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचरहरू जित्न सकिनेछ । क्राटोस टेक्नोलोजीको तर्फबाट विभिन्न ग्याजेटहरू र दराजबाट खरिद गर्दा ४१० रूपैयाँसम्मको छुट पनि पाउन सकिनेछ ।
डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाइल बैकिंङबाट अफर अवधिभर कुनै पनि कारोबार गर्ने ग्राहकहरू मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसुङ ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । माछापुच्छ्रे बैंक असोज १७ गते २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गर्दैछ ।
FACEBOOK COMMENTS