काठमाडौँ , स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा नयाँ स्मार्टफोन ल्याएको छ । कम्पनीले ‘सी२१’ को नयाँ भेरियन्टको रूपमा ‘सी२१ वाई’ सार्वजनिक गरेको हो । रियलमीका अनुसार यो फोन टीयूभी राइनल्याण्ड हाई रिलायबिलिटी सर्टिफिकेटप्राप्त विश्वकै पहिलो स्मार्टफोन हो ।
युवा पुस्तालाई मध्यनजर गर्दै ल्याइएको यो ‘सी २१ वाई’ मा सुपर नाइटस्केप डिस्प्ले, तीनवटा क्यामेरा, १२ एनएम अक्टाकोर प्रोसेसर, ५ हजार एमएएचको ब्याट्री लगायतका फिचर छन् । फोनमा ६.५ इन्चको एचडी प्लस मिनी ड्रप फुलस्क्रिन छ । ८९.५ प्रतिशत बडी रेसियोयुक्त डिस्प्ले भएको फोनमा १३ मेगापिक्सलको मुख्य क्यामेरा छ, जसमार्फत् रातको समयमा पनि उत्कृष्ट फोटो खिच्न सकिने जनाइएको छ ।
त्यस्तै फोनमा सेल्फी क्यामेराका लागि एआई ब्युटी, एचडीआर मोड, पोट्रेट लगायतका विभिन्न मोड उपलब्ध छन् ।युनीसक टी ६१० प्रोसेसर रहेको फोनमा सुरक्षाका लागि अल्ट्राफास्ट फिङ्गरप्रिन्टका साथै फेस अनलक उपलब्ध गराइएको छ । फोनमा डुअल सिम सपाेर्ट हुनुका साथै २५६ जीबीसम्मको एसडी कार्ड प्रयोग गर्न सकिने छ ।
यो फोन बजारमा निलो र कालो गरी दुई रङमा उपलब्ध छ । नेपाली बजारमा ४/६४ जीबी भेरियन्टको मूल्य १७ हजार ९९ रूपैयाँ निर्धारण गरिएको छ ।
FACEBOOK COMMENTS