काठमाडौं , अघिल्लो सालको दशै नेपालीहरूका लागि त्यति सुखद रहन सकेन । कोभिडले थला परेका धेरै नेपालीले महान चाड दशैँ आफ्नो परिवारसंग संगै बसेर मनाउन पाएनन् । यसपाली भने धेरैको मनमा परिवार संग दशैँ मनाउने आसा पलाएको छ । त्यति मात्र होइन साथि भाइ आफन्त संग कतै घुम्न गएर होस् या कुनै नयाँ कामको सुरुवात गरेर भए पनि यसपालिको कोभिडले थला परेको जीवनशैलीलाई मलम पट्टी लगाउने सोच धेरैको रहेको छ । तर सोमबार बुद्द एयरको विमानमा देखिएको समयस्याले धेरैको सपना र कल्पना खल्बलाएको छ ।
यात्राका लागि छिटो र सरल तरिकाले आफ्नो गन्तव्यसम्म पुग्ने सकिने मार्ग भनेको हवाई मार्ग नै हो यहि हवाई मार्ग अपनाएर यात्रा गरिरहेका यात्रुलाई र हवाई यात्रा गर्ने सोच बनाईरहेकालाई भने सोमबारको छोटो अन्तरालमा बुद्द एयरमा देखिएका केहि समास्याको समाचारले दिनैभरि उदास बनाएको छ । नेपालीमा हवाई यात्राको सुरक्षालाई लिएर चासो र चिन्ता बढिरहेको छ । सबै सरोकारवाला विज्ञ, विद्वान, चिन्तक एवं हवाइकर्मीहरू र नेपाली आकाशमा उडान भर्ने चालक दल पनि सशंकित नभइरहन सकेनन् ।
बुद्द एयरको विमानमा देखिएका समस्याहरु:
काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज सोमबार बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार जहाजको ककपिटमा धुँवा देखिएपछि काठमाडौंमै फर्काएर अवतरण गराउनु परेको थियो ।
काठमाडौबाट विराटनगरका लागि उडेको बुद्ध एअरको जहाज यु १६१ सोमबार बिहान काठमाडौबाट विराटनगरका लागि उडेको बुद्ध एअरको जहाज अवतरण हुने क्रममा चक्का नखुलेपछि पुनः काठमाडौं फर्किएर सुरक्षित अवतरण भएको छ । बुद्ध एअरको यु १६१ रहेको (एनएजेओ) जहाजमा समस्या आएको बताइएको छ ।
उडान नम्बर यु १६१ रहेको एनएजेओ जहाजमा समस्या आएको तर काठमाडौं फर्किने क्रममा केही समयपछि पुनः चक्का खुलेपछि सुरक्षित अवतरण भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्त रिन्जी शेर्पाले बताउनुभयो । जहाजको प्राविधिक टोलीले पाइलटसँग आकाशमै समन्वय गरेकाले कुनै पनि मानवीय क्षति हुने अवस्था नआएको शेर्पाले जानकारी दिनुभयो ।
चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका थिएनन् । तर जब काठमाडौंमा पनि जहाज अवतरण गरेन र फनफनी घुम्न थाल्यो, के भएको हो भनेर सोधीखोजी गरे ।
विमान अवतरणका लागि धावनमार्ग नजिक पुग्दै फर्किँदा एम्बुलेन्स, सुरक्षाकर्मी सबै तयारी हालतमा राखेको देखेपछि यात्रुहरुको रुवासबासी नै चल्यो । विमानका यात्रु प्रताप लिम्बु भन्छन्, ‘अब जिन्दगी यत्ति नै रहने भयो भन्ने भएको थियो ।’
यद्यपि ल्याण्डिङ गियर खुल्यो र विमान सहज अवतरण भयो । विमानमा भएकाहरु त दोस्रो जीवन पाएको भन्दै खुसी मनाए । विमानस्थलमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र अरु यात्रुहरुले पनि ताली बजाएर दुर्घटना टरेकोमा खुसी साटे । बुद्ध एयरका एक कर्मचारी भन्छन्, ‘सास नै अड्किएला जस्तो भएको थियो तनावले ।’
त्यसो त, गत साउन ११ मा बुद्धको एक जहाज काठमाडौंबाट धनगढीका लागि उडेको समयमा प्राविधिक समस्या आएपछि काठमाडौं नै डाइभर्ट गरी अवतरण गराइएको थियो । सोही दिन काठमाडौंबाट नेपालगञ्ज उडेको जहाजमा भने एक यात्रु बेहोस भएपछि काठमाडौं नै फर्काएर यात्रुलाई झारेर जहाज पुनः उडेको थियो ।
सबै घटनामा कम्पनीले ‘सुरक्षामा शून्य सहनशीलता’को सिद्धान्त अपनाएको बताएको छ । सोमबार पनि बुद्ध एयरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सुरक्षामा शून्य सहनशीलता अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौं फर्काउने निर्णय लिएका हुन् ।’
बुद्ध एयरका अनुसार जहाजमा ल्याण्डिङ गियरका लागि दुई वटा इन्डिकेटर हुन्छन् । सोमबार विराटनगरका लागि उडेको जहाज अवतरण गर्न खोज्दा प्राइमरी इण्डिकेटर देखिएन । विराटनगर विमानस्थलको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले समेत जहाजको पाङ्ग्रा खुलेको देखेनन् । विमान काठमाडौं फर्कियो ।
बुद्ध एयरसँग एटीआर कम्पनीका जहाज छन् । विमानस्थल परिसरमै मर्मत केन्द्र पनि सञ्चालनमा ल्याएको छ । त्यसैले सुरक्षामा लापरवाही नगरिएको कम्पनीको दाबी छ । बरु सुरक्षाकै लागि सुविधा कम भएको विमानस्थलमा अवतरण प्रयास नगरी जहाजलाई काठमाडौं डाइभर्ट गरिएको उसले बताएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार सोमबार भएका दुई समस्याबारे प्राविधिक टोलीले जाँचरअनुगमन गर्नेछ । समस्या सामान्य हो जस्तो लागेमा कम्पनीलाई सचेत गराएर सुरक्षा अभिवृद्धि गर्न लगाइन्छ । ‘इन्सिडेन्ट ( दूर्घटना बाहेकका घटना)’ हरुमा छानविन समिति बनाउने प्रचलन छैन । तर आन्तरिक रुपमा प्राविधिकले गर्ने अध्ययनबाट समस्या पहिचान गरिनेछ । यात्रुले भने नेपालमा जहाजहरु थोत्रारपुराना भएकाले समस्या आएको हो कि भन्दै आंशका गर्छन् ।
हवाई इन्जिनियरहरुले भने समग्र जहाजको आयु भन्दा त्यसमा राखिएका छुट्टा–छुट्टै पार्टपूर्जामा आउने समस्याका कारण प्राविधिक समस्या देखिन्छ, जसलाई जहाजको आयुसँग जोडेर हेर्न मिल्दैन । प्राधिकरणका एक पूर्वमहानिर्देशकका अनुसार जहाजमा इन्जिनदेखि हरेक पाटपूर्जाको छुट्टा–छुट्टै आयु हुन्छ, त्यो आयु अनुसार सबै ठिकठाक छ की छैन भनेर निरन्तर चेकजाँच गर्नुपर्ने हुन्छ ।
उनका अनसार जहाजमा कुनै समस्या उडान अगाडि नै पत्ता लागेमा इन्जिनियरले तत्काल समस्याको समाधान खोज्न थाल्छन् । उडिरहेको समयमा समस्या देखिए पाइलटले जतिसक्दो छिटो सुरक्षित अवतरणको प्रयास गर्छन् । हवाई कम्पनी र नियामक निकायलाई नेपालको कानूनले मात्र नभई अन्तर्राष्ट्रिय कानून र निकायले निरन्तर निगरानी गरिरहेका हुन्छन् । त्यसेले बुद्ध एयरले सुरक्षामा सम्झौता नगरेको हुनुपर्ने ती पूर्वमहानिर्देशक बताउँछन् ।
बुद्ध एयरले पनि विज्ञप्ती जारी गर्दै कम्पनी हवाई सुरक्षाका लागि प्रतिवद्ध रहेको पुनः दोहोर्याएको छ ।
उडानका क्रममा भइरहेका भुलचुक तथा कमी—कमजोरीलाई पहिचान तथा सम्बोधन गरी उडानलाई सुरक्षित बनाउने कसले हो त रु यो प्रश्न आमजनतालाई लाग्नु स्वाभाविक नै हो । कुनै पनि स्थितिरपरस्थितिसँग सम्झौता नगरि दुर्घटनालाई रोक्न तथा न्युन गर्न प्रयास नभएका भने होइन । तैपनि उडानका क्रममा आइपरेका र सम्भावित खतराजन्य परिवेशलाई तत्काल पहिचान गरी निर्णय लिन त्रुटि हुँदा दुर्घटनाको सामना भने गर्नु परेको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई दुर्घटना छानबिन समितिको प्रतिवेदन पूर्णरुपमा लागू गरिए पनि बारम्बार हवाई दुर्घटना दोहोरिएका छन् । हवाई उडान भर्नुअघि अनुगमन समितिले चालकको स्वास्थ्य परीक्षण गर्ने नीतिलाई कडाइका साथ पालना गराइएको जानकारी दिदै आएको छ । तर दुर्घटना हुनुमा दोष कसको रु नयाँ प्रविधिको प्रयोगमा विशेष ध्यान नपुर्याईएकोले हो या हवाई उडानका क्षेत्रमा अपनाईने नियमको पालना नभएकाले रु त्यसो त, कतिपय दुर्घटना छानबिन समितिको प्रतिवेदनलाई विश्लेषण गर्ने हो भने चालकको बानी व्यहोरा संगसंगै नेपालमा भएका पहाडी क्षेत्र र मौसममा अचानक आउने खरावीका कारण दुर्घटना हुने र दुर्घटना बढ्ने सम्भावना देखिएको छ । हवाई यात्रुका अनुसार अहिलेको अबस्थामा साहस देखाउने, जोखिम बहन गर्ने चालक होइन, प्रविधिको प्रयोग गरी विधि र प्रक्रिया पूरा गर्ने चालकको आवश्यकता महशुस गरिएको बताएका छन् ।
हवाई दुर्घटनाका मुख्य कारण तालिम, व्यवस्थापन र लापर्बाही हो भन्ने आमजनताको बुझाई रहेको छ । त्यसैले पनि हवाई क्षेत्रको नियमन र दुर्घटनासम्बन्धी हेर्ने बेग्ले संयन्त्रको खाँचो रहेको वास्तविकतालाई केलाईनु पर्ने बत्ताएका छन् । उडान क्षेत्रका अनुभवी, प्रशिक्षित तथा सक्षम व्यक्तिहरूद्वारा सूक्ष्म अध्ययन, विश्लेषण तथा परीक्षण गराई उडान सुरक्षा मार्गचित्र तयार भएमा मात्र ढुक्क हुने हवाईको यात्रुको भनाई रहेको छ ।
हवाई दुर्घटनालाई पूर्णरूपमा नियन्त्रण गर्नु अहिलेसम्म मानवीय काबुभन्दा बाहिरको विषय हो । यस यथार्थलाई नकार्न सकिँदैन । तर, विगतमा भएका कमी—कमजोरी नै दोहोरिएर दुर्घटना हुनुचाहिँ हाम्रो कमजोरी हो ।
FACEBOOK COMMENTS