काठमाण्डौँ — रुपन्देहीको बुटवलमा कृषि मेला सुरु भएको छ।
प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि मेला सुरु भएको हो ।
मेलाको नारा बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने रहेको छ।
मेलामा १ सय २६ स्टल रहने उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष खिमबहादुर हमालले बताए।
आगामी मेलाका अवसरमा ६ दिनसम्म बुटवलमण्डपमा कृषिकेन्द्रित प्रतियोगिता, अन्तरक्रिया गोष्ठी र सचेतनाका कार्यक्रम पनि आयोजना गरिने आयोजकले जनाएको छ।
— नागरीक
FACEBOOK COMMENTS