असोज १९, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले टेन्डरको म्याद ३५ दिनबाट ७ दिनमा झार्ने प्रस्ताव गरेका छन् ।
सार्वजनिक खरिद ऐनअनुसार ३५ दिने सूचना निकाल्नुपर्ने, ३५ दिनमा खोल्नुपर्ने, ३५ दिन मूल्याङ्कन गर्नुपर्ने, ३५ दिन स्वीकृति गर्नुपर्ने भएकाले विकास प्रभावित भएको भन्दै अर्थमन्त्री शर्माले यी प्रक्रियाको समयाअवधिलाई सात/सात दिनमा झार्नुपर्ने बताएका हुन् ।
मंगलबार संसद्को दिगो विकास तथा सुशासन समितिमा नेपालको वित्तीय सुशासन र दिगो विकास लक्ष्यबारे भएको बैठकमा मन्त्री शर्माले भने‚ ‘गोरखापत्र भर्खर छापिने बेलामा बनेको ऐन हो यो । त्यहिअनुसार ३५ दिने सूचना निकाल्नुपर्ने किन रु आजको जमाना, विकास र प्रविधि छ, मेलबाटै एक्सचेञ्ज हुनसक्छ‚’ अर्थमन्त्री शर्मा भन्छन्, ‘त्यो अवधिलाई त्यसलाई ७ दिनमा ल्याए के हुन्छ रु ७ दिनमा किन नल्याउने ?’
सार्वजनिक खरिद ऐनका कारणले पनि समस्या पर्ने गरेको उनले पनि बताए । आफूले केही दिनअघि मासिक १० प्रतिशत बजेट खर्च गरौँ भनेर प्रस्ताव राख्दा सम्बन्धित अधिकारीहरूले त्यो वातावरण चाहियो भनी माग गरेको पनि मन्त्री शर्माले उल्लेख गरे । त्यस्तो वातावरण तयार गर्न पनि टेन्डरको ३५ दिने म्यादलाई ७ दिनमा झार्नुपर्ने शर्माको भनाइ थियो ।
FACEBOOK COMMENTS