सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा
कर्पोरट खबर
10:55 am, बुधबार, असोज २०, २०७८
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२% लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैंठकले १०% बोनस सेयर र कर तिर्न ०.५२% दिने निर्णय गरेको हो । यसर्थ, बैंकले २७ करोड ३६ लाख ९७ हजार २४२ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, १ करोड ४४ लाख ५ हजार ११८ रुपैयाँ नगद बाँड्नेछ ।
अघिल्लो वर्ष यसले ५% बोनस सेयर र कर तिर्न ०.२६% गरी कुल ५.२६% नगद लाभांश वितरण गरेको थियो । अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया अघि बढ्नेछ ।
FACEBOOK COMMENTS