काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से परिसूचक ६९ दशमलव ५१ अंकले घटेर २ हजार ५ सय ८७ दशमलव ४५ अंकमा झरेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ४३ अंकले घटेको छ ।
कारोबार रकममा पनि उल्लास देखिएन । दिनभर भएका ४० हजार ४ सय १ कारोबारबाट ८७ लाख ७६ हजार ३३७ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपैयाँमा रोकिएको छ ।
FACEBOOK COMMENTS