काठमाडाैं । असोज महिनामा वाणिज्य बैंकहरुले निक्षेप संकलनको तुलनामा कर्जा लगानी बढी गरेका छन् ।
वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघकाअनुसार पछिल्लो महिना (भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म) बैंकहरुले ९७ अर्ब रुपैयाँ निक्षेप संकलन र १ सय २६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
असोज ३१ गतेसम्म बैंकहरुले ४२ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । भदौ ३१ गतेसम्म बैंकहरुमा ४१ खर्ब ७१ अर्ब रुपैयाँ मात्र निक्षेप थियो ।
यता, बैंकहरुले असोज ३१ गतेसम्म आइपुग्दा ३९ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । भदौ ३१ गतेसम्म बैंकहरुले ३८ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
FACEBOOK COMMENTS