काठमाडौं । चीनले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने भएको छ । मंगलबार परराष्ट्रमन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको टेलिफोन संवादमा उक्त कुरा जानकारी गराइएको हो । कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री यीले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिने घोषणा गरेको परराष्ट्र मन्त्रालयद्वारा विज्ञप्तिमा उल्लेख छ ।
कुराकानीका क्रममा कोरोना विरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको छ । यस्तै तातोपानी र रसुवागढी नाकालाई थप सहज बनाउने विषयमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ ।
दुई विदेशमन्त्रबीच साझा स्वार्थका सम्बन्धमा नजिकबाट समान धारणा बनाएर दुई देशबीचको परम्परागत लामो सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुईपक्षीय समन्वय र सहकार्यलाई महत्व दिनेबारे कुराकानी भएको छ ।
FACEBOOK COMMENTS