काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले यसअघि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको छ ।
बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले यसअघिको लाभांशलाई परिमार्जन गरेको हो । बैंकले यसअघि ११.२४ प्रतिशत बोनस र ४.७६ प्रतिशत नगद लाभांशसहित १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । तर राष्ट्र बैंकको निर्देशन अनुसार संशोधन गरेको छ । नयाँ लाभांश १२.६११ प्रतिशत बोनस र ३.३८९ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ । यो प्रस्ताव बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
FACEBOOK COMMENTS