काठमाण्डौँ — नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र र प्रदेश १ सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
निजी क्षेत्रको छाता संस्था महासंघले प्रदेश १ सरकारले प्राथमिकताका साथ अघि बढाएका कार्यक्रममा बहुवर्षीय साझेदारी गर्ने उद्देश्यले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेको जनाएको छ।
समझदारीपत्रमा प्रदेश १ सरकारका आर्थिक, मामला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र महासंघका अध्यक्ष भवानी राणाले हस्ताक्षर गरेको महासंघको विज्ञप्तिमा उल्लेख छ।
सहमति अनुसार प्रदेश सरकारका तर्फबाट सार्वजनिक–निजी साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७५ र सोको आधारमा कार्यक्रमगत आवश्यक कार्यविधि तयार गर्ने गराउने रहेको छ ।
FACEBOOK COMMENTS