काठमाण्डौँ — सांस्कृतिक नगरी ललितपुरमा हस्तकला नगर बिषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
विश्व कला परिषदले ललितपुरलाई ३५ औं हस्तकला नगरी घोषणा गरे पस्चात ललितपुर महानगरपालिकाले सोमबार सो कार्यक्रम आयोजना गरेको हो ।
ललितपुरलाई विश्व कला परिषदले ४ महिना अघि विश्वको ३५ औं कला नगरी घोषणा गरेको थियो ।
अन्तरक्रियामा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले हस्तकला नगरी घोषणा हुनु धेरै महत्वपूर्ण उपलब्धी भएको बताउदै प्राप्त उपलब्धीबाट महानगरबासीले उचित लाभ लिन सक्ने वातावरण तय भएको बताए ।
ललितपुर महानगरका पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठले पर्यटकलाई ललितपुरमा भित्र्याउन कला नगरी घोषणा महत्वपूर्ण भएको बताए ।
FACEBOOK COMMENTS