काठमाण्डौँ —सरकारले चालु आर्थिक वर्षको ७ महिनामा कुल पुँजीगत खर्चको २२ प्रतिशत मात्र रकम खर्च गरेको छ।
चालु आवको लागि सरकारले तीन खर्ब १३ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो। माघ मसान्तसम्म जम्मा ७० अर्ब ६६ करोड रुपैयाँ मात्रै खर्च भएको छ।
सरकारले जतिसुकै खर्च गर्ने योजना बनाए पनि विनियोजित पुँजीगत खर्च भने बढ्न सकेको छैन।
दुईतिहाईका साथ बनेको सरकारले विकासमा गति दिने बताउँदै आए पनि बजेट कार्यान्वयनमा आशातीत सफलता हासिल गर्न सकेको छैन।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार साउनदेखि माघसम्मको ७ महिनामा कुल चार खर्ब ५३ अर्ब खर्च भएको छ।
— नागरीक
FACEBOOK COMMENTS