काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ डाछीस्थित बाघधारा नजिक ईभी माइक्रोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
बा.प्र.०१–००२ ज ९५८८ नम्बरको माइक्रोको ठक्करबाट स्थानीय ७० वर्षीय शंकरप्रसाद कुइँकेल गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा शंखरापुर अस्पताल, नारायणटारमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि माइक्रो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि मृतकका आफन्तसहित करिब २०० जना स्थानीय डाछी चोकमा भेला भई सडक अवरुद्ध गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।