काठमाडौं । महोत्तरीको बर्दिवास नगरपालिका– ६ क जिवराज पोखरेल उपर गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिकूल बकपत्र गरेको बारे मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी प्रतिवादी राम बाबु महतो कोइरी भएको मुद्धामा पोखरेलले विशेष अदालतमा बकपत्र गर्दा बयान भन्दा फरक बकपत्र गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ ।
अख्तियारले कोइरीविरुद्ध २७ लाख २३ हजार अकुत सम्पत्ति आर्जन गरेको आरोपमा दायर गरेको मुद्धामा पोखरेलले प्रतिकुल बकपत्र गरेको उल्लेख गरेको छ ।
FACEBOOK COMMENTS