काठमाडाैँ । सरकारले बोलाएको सर्वदलीय बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको छ । निरन्तर वर्षापछिको बाढी, पहिरो र डुबानका विषयमा छलफल गर्नका लागि सरकारले सर्वदलीय बैठक बोलाएको थियो ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधि सहभागी छन् । आइतबार दिउँसो १ बजेपछि आह्वान गरिएको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।
कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा बसिरहेको बैठकमा अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावितको उद्धार, जनधनको क्षति र प्रभावितलाई राहत उपलब्ध गराउने लगायतका विषयमा छलफल हुने बताइएको छ ।
FACEBOOK COMMENTS