काठमाडाैं । अरुण भ्याली हाइड्रो डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ।
कम्पनीको आज शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफा र सञ्चितीबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले आव २०७८/७९ को मुनाफा र सञ्चितीबाट हाल कायम रहेको चुक्ता पूँजी रु १,७२,९५,९५,००० को ८ प्रतिशत बोनश र ०।४२१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने निर्णय गरेको छ ।
यो लाभांश विद्युत नियमन आयोगको स्वीकृती र कम्पनीको २५औं वार्षिक साधारण सभाले अनुमोदन गरे पश्चात् लगानीकर्तामा बितरण हुने छ ।
FACEBOOK COMMENTS