एजेन्सी । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको सङ्गठन (आसियान) ले स्वच्छ ऊर्जालाई प्रवर्द्धन गर्दै हरित अर्थतन्त्रमा विश्वव्यापी सहयोगलाई अगाडि बढाउन विकसित र विकासोन्मुख देशलाई आह्वान गरेको छ ।
इन्डोनेसियाको जकार्तामा बिहीबारदेखि शुक्रबारसम्म आयोजना गरिएको अन्तर्राष्ट्रिय दिगोपन सम्मेलन (आईएसएफ) को पहिलो दिनमा यो प्रतिबद्धता गरिएको थियो । सम्मेलनमा विश्व नेता, निर्णय निर्माता, सीईओहरू र विशेषज्ञहरूको सहभागिता रहेको थियो ।
इन्डोनेसियाको चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष अर्सजाद रसजिदले सम्मेलनलाई सम्बोधन गर्दै दक्षिणपूर्वी एसियामा नवीकरणीय उर्जा र प्राकृतिक स्रोतको ठूलो सम्भावना भएकोले बताए ।
“आसियानसँग हरित अर्थतन्त्र र ऊर्जा क्षेत्रहरूमा अगुवा बन्ने क्षमता छ”,रसजिदले भने , “यसका लागि विकासोन्मुख मुलुकलाई विकासशील मुलुकसँगको सहकार्य आवश्यक छ ।”
FACEBOOK COMMENTS