![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्ने भएको छ ।
कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ७ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ करोड २८ लाख ७० हजार ३ सय ५ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले कुल २५ करोड ७४ लाख ६ हजार ९५ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब १५ करोड ५३ लाख रहेको छ ।
नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
FACEBOOK COMMENTS