काठमाडौं । एस्टन भिल्ला अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट भएको छ ।
गएराती सम्पन्न इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुललाई ४-२ गोल अन्तरले पराजित गरेसँगै एस्टन भिल्लाले च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
एस्टन भिल्लाको जितमा ओली वाटकिन्सले २ गोल गरे भने मोर्गन रोजर्स र जोन म्याकगिनले एक एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि दुवै गोल भिर्गिल भान डाइकले गरेका थिए ।
यो जितपछि एस्टन भिल्ल्लाको ३७ खेलमा ६२ अंक भएको छ र लिगमा चौठोस्थान्मा रहेको छ । त्यस्तै लिभरपुलको भने ३७ खेलमा ५९ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।
