काठमाडौैं । जनवरी २० मा भारतको राजधानी नयाँ दिल्लीमा सोसाइटी अफ इण्डियन अटोमोबाइल म्यानुफयार्चस (एसआईएएम) का अध्यक्ष राहुल भारतीको प्रमुख आतिथ्यतामा ११औं अटो ट्रेड डायलग सम्पन्न भएको छ ।
कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले स्थानीयकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभावसम्बन्धी प्यानेल छलफलमा पेनेलिष्टका रूपमा ओभरभ्यू अफ नेपाल अटो पोलिसिजका सम्बन्धमा आफ्नो धारणा राखे । उनले नेपालको अटोमोबाइल क्षेत्रले राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा दिएको योगदानबारे संक्षिप्त जानकारी दिए ।
अध्यक्ष चौधरीले नेपालको सडक सुरक्षाका सम्बन्धमा भइरहेको प्रयासबारे बताउँदै नेपाल सवारी साधनहरूको आयातकर्ताबाट एसेम्बली प्लाण्टमार्फत उद्योगतर्फ अग्रसर हुँदै गएको जानकारी गराए ।
अध्यक्ष चौधरीले नेपालमा आईसी गाडीहरूको आयात घट्दै गएको भए पनि नेपालको सरकारले ग्रीन इनर्जीलाई उच्च प्राथमिकतामा राखेको फलस्वरूप विद्युतीय सवारी साधनहरूको आयात हरेक वर्ष बढ्दै गएको बताए । सोहीअनुरूप चार्जिङ स्टेशनहरू पनि क्रमशः थपिँदै गएको उनले बताए । अध्यक्ष चौधरीले नेपाल अहिले विद्युतीय सवारी साधनहरूको हब बन्दै गएको बताए ।
कार्यक्रमलाई दक्षिण अफ्रिकाका डेपुटी हाइकमिश्नर सेड्रिक सी क्रोवेली, जर्मनीका फेडरल मिनिष्ट्रीका डिजिटल एण्ड ट्रान्सपोर्ट महानिर्देशक डा. सेभेन हलड्रोन, भारतका लागि ब्राजिली राजदूत एचई केन्नेथ एफएच दा नोबे्रगा, मिनिष्ट्री अफ हेवी इण्डष्ट्रिजका अतिरिक्त सचिव डा. हानिफ कुरेशी, मिनिष्ट्री अफ कमर्श एण्ड इण्डष्ट्रीका अतिरिक्त सचिव एल सत्या श्रीनिवासले पनि सम्बोधन गरेका थिए ।
कार्यक्रम तीन चरणमा सम्पन्न गरिएको थियो । पहिलो चरणमा व्यापार सझौतामामा एकीकृत लगानी, दोस्रो चरणमा स्थानीयकरण गरिएका नीति र त्यसले व्यापारमा पार्ने प्रभाव र तेस्रो चरणमा विकसित विश्वव्यापी व्यापारको परिदृश्यमा लचिलोपना विकास गर्ने शीर्षकअन्तर्गत भएको छलफलमा विश्व व्यापार संगठनका प्रतिनिधिलगायत विभिन्न देशबाट आएका प्रतिनिधिहरूले पेनेलिष्टका रूपमा धारणा राखेका थिए ।
यही जनवरी १७ देखि २१ सम्म भारतको नयाँ दिल्लीमा आयोजना भएको भारत मोबिलिटीअन्तर्गत भइरहेको अटो प्रदर्शनीका सन्दर्भमा नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको प्रतिनिधिमण्डल भारत भ्रमणमा गएको हो । सो कार्यक्रममा नाडाका तर्फबाट संस्थागत उपाध्यक्ष तेजनारायण साह, महासचिव सुरेन्द्रकुमार उपे्रती केन्द्रीय कार्यसमितिका सदस्य कपिल शिवाकोटी र प्रदीपमान प्रधान पनि उपस्थित थिए ।
FACEBOOK COMMENTS