काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् ।
उनी प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिका रूपमा सहभागी हुन आज त्यसतर्फ गएको पार्टीकी उपाध्यक्ष मानुषी यमीले जानकारी दिइन् ।
आइतबारदेखि भारतको फरिदावादमा समाजको अधिवेशन सुरु हुँदैछ ।
डा भट्टराईका साथ उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी र सचिव एवं प्रवास प्रदेशअन्तर्गत भारतका इन्चार्ज सन्देश कार्की छन् ।
FACEBOOK COMMENTS