हेटौडा । बागमती प्रदेशको बजेट अधिवेशन जेठ ११ गतेदेखि सुरू हुने भएको छ ।
प्रदेश मन्त्रिपरिषदको विहिबार बसेको बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गतेदेखि बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिएका छन् ।
त्यस्तै सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम, बजेट तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारीस्वरूप अधिवेशन बोलाउने निर्णय गरेको प्रवक्ता तामाङले जानकारी दिए ।
संवैधानिक व्यवस्था अनुसार प्रदेश प्रमुखबाट अधिवेशन आह्वान भएपछि बजेट अधिवेशन सञ्चालन हुने उनले बताए ।