काठमाडौं । समृद्धि फाइनान्सले बिहीबार ब्रदर्स अटो प्रालिसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
उक्त समझदारीपत्रअनुसार समृद्धि फाइनान्सका खातावालाहरूले समृद्धि मोबाइल बैंकिङ वा डेबिट कार्डमार्फत भुक्तानी गरी बजाज कम्पनीको दुईपाङ्ग्रे सवारीसाधनहरू किन्दा अफर मूल्यमा १२ हजार रूपैयाँ, दुईपाङ्ग्रे सवारीसाधनका पार्टपुर्जा र हेलमेटमा १२ प्रतिशत छुटका साथै प्रत्येक पाँच नियमित सेवापछि एउटा निःशुल्क सर्भिसिङको मजा लिन सक्नेछन् ।
यस किसिमको सहकार्यबाट फाइनान्सका ग्राहक लाभान्वित हुने विश्वास फाइनान्सले लिएको छ । छुटसम्बन्धी विस्तृत विवरण फाइनान्सको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
समृद्धि फाइनान्सले हाल तेह्रवटा शाखाहरूमार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS