![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । लघुवित्तपीडितरूले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । गभर्नर अधिकारीको राजीनामा माग गर्दै लघुवित्तपीडितरू बालुवाटार पुगेका छन् ।
उनीहरुले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूचीमा परेकाको धितो फुकुवा गर्नुपर्ने र वित्तीय अपराध बन्द गनुपर्ने माग राख्दै गभर्नर राजीनामा मागेका हुन् ।
नेपालका विभिन्न क्षेत्रबाट पैदल हिडेर उनीहरु मंगलबार काठमाडौं आएका छन् । लघुवित्तपीडितहरुले आफ्ना माग पूरा नभएसम्म घर नफर्किने पनि बताएका छन् । उनीहरुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई भेटेर समस्याको समधान गर्न पनि आग्रह गरेका छन् ।
सो क्रममा प्रधानमन्त्री दाहालले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएका थिए ।
सो क्रममा पीडित पक्षका प्रतिनिधिले सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारका तर्फबाट भइरहेको पहलका निम्ति धन्यवाद दिँदै छिटो समस्या समाधानका निम्ति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
FACEBOOK COMMENTS