काठमाडौं । वाणिज्य बैंकहरुले फागुन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार २० वटा बैंकमा १६ वटाले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन् भने ४ वटाको स्थिर रहेको छ ।
माघको तुलनामा फागुनमा बैंकको ब्याजदर औषतमा ० दशमलव ४० प्रतिशत बिन्दुले घटेको छ । माघमा औषतमा बैंकको ब्याजदर ८ दशमलव १६ प्रतिशत रहेको थियो । फागुनमा औषतमा ७ दशमलव ७५ प्रतिशत हुनेछ । अर्थात माघ महिनामा ८ दशमलव १६ प्रतिशतबिन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरुको औषत ब्याजदर फागुनमा ७ दशमलव ७५ प्रतिशतबिन्दु कायम हुने भएको छ ।
फागुनमा ब्याजदर स्थिर राख्ने बैंकमा एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंक रहेका छन् । एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे बैंकको ब्याजदर मुद्दति निक्षेपमा ८ प्रतिशत रहेको छ भने हिमालयन बैंकको ८ दशमलव १५ प्रतिशत रहनेछ ।
फागुन महिनामा सबैभन्दा बढी ब्याज दिनेमा एनएमबि बैंक रहेको छ । एनएमबिले ८ दशमलव ५० प्रतिशत रहेको छ । ८ प्रतिशत भन्दा बढी ब्याज हुने बैंकमा कुमारी, नेपाल एसबिआई, हिमालयन, एनएमबि र सिटिजन्स बैंक रहेका छन् ।
FACEBOOK COMMENTS