काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा बैंकहरुले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका छन् ।
हाल संचालनमा रहेका २० वाणिज्य बैंक मध्ये १४ वटा नाफा घटेको छ भने कृषि विकाससहित ६ वटाको नाफा बढेको छ ।
नबिल बैंकले ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । ग्लोबल आइएमई बैंकले ४ अर्ब १२ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड १० लाख रुपैयाँ रहेको छ ।
कृषि विकास बैंकले २ अर्ब ६९ करोड ७८ लाख रुपैयाँ कायम भएको छ । प्राइम बैंकले ३ अर्ब २२ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । सिद्धार्थ बैंकको नाफा १ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ रहेको छ ।
प्रभु बैंकले २ अर्ब ५० करोड ४६ लाख र एभरेष्ट बैंकले २ अर्ब ९८ करोड ३ लाख रुपैयाँ नाफा कमाएका छन् । सिटिजन बैंकले १ अर्ब ५० करोड ३२ लाख रुपैयाँ रहेको छ । एनआइसी एशिया बैंकको नाफा २ अर्ब १६ करोड ३२ लाख रुपैयाँ रहेको छ । नेपाल बैंकको नाफा ६९ करोड ३ लाख रुपैयाँ रहेको छ ।
सानिमाले १ अब ७४ करोड ६४ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैकले २ अर्ब ६६ करोड ५८ लाख, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५६ करोड ३२ लाख, लक्ष्मी सनराइज बैंकले १ अर्ब ९५ करोड ६९ लाख, माछपुच्छ्रे बंैंकले १ अर्ब १० करोड ६२ लाख, नेपाल एसबिआईले १ अर्ब ४२ करोड २९ लाख कुमारी बैंकले १ अब ४२ करोड ९२ लाख, एनएमबिले २ अर्ब ४८ करोड ७३ लाख, हिमालयन बैंकले २ अर्ब २२ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ ।
FACEBOOK COMMENTS