काठमाडौं । नेपाल बीमा प्राधिरणका चार जना उपनिर्देशन निर्देशकमा बढुवा भएका छन् ।
बढुवा हुनेमा उपनिर्देशक कुन्दन सापकोट, ध्रुव तिमिल्सिना, शाम्भराज लामिछाने र निर्मल अधिकारी रहेका छन् ।
समितिको आज बसेको निर्णयअनुसार उनीहरुलाई निर्देशक पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
प्राधिकरणको पदपूर्ति सिफारिस समितिले कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता र तालिमबापत प्राप्त गरेको अंकका आधार सबैभन्दा बढी अंक पाएका ४ जना उम्मेदवारलाई निर्देशकमा बढुवामा सिफारिस गरेको हो ।
बीमा समिति कर्मचारी सेवा सर्त विनियमावली, २०६८ को विनियम ७० बमोजिम बढुवा नियुक्तिका लागि सिफारिस गरिएको समितिले जनाएको छ ।
FACEBOOK COMMENTS