काठमाडौं । टेरामक्स र सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पक्राउ परेका सुनिल पौडेल र विकल पौडेललाई थुनामा राख्न सात दिनको म्याद थप भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार पक्राउ गरेका पौडेलद्वयमाथि अनुसन्धानका लागि अख्तियारलाई सात दिनको अनुमति दिएको हो ।
प्रवक्ता धनबहादुर कार्कीका अनुसार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पौडेलद्वयलाई थुनामा राख्ने अनुमति दिएको हो ।
उनीहरूलाई बुधबार पक्राउ गरेको अख्तियारले आज विशेष अदालतमा उपस्थित गराएको थियो ।
नेपाल टेलिकमका तत्त्कालिन कार्यकारी निर्देशक सुनील पौडेल लगायतका व्यक्तिविरुद्ध २०८० असोज १५ मा अख्तियार दुरुपयोग अनुसन्धान अयोगले २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालत र २०८० वैशाखमा विकल पौडेललगायतका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैँया मागदाबीसहित अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार मुद्दामा पक्राउ परे सुनिल पौडेल र विकल पौडेल
FACEBOOK COMMENTS