 
			                  			              
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सोमबार विशेष अदालत काठमाडौंमा सिलवालविरुद्ध आरोपपत्र दायर गरेको हो । सिलवालले नागरिकतामा पटक(पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको आरोपपत्रमा उल्लेख छ ।
उनले प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनु पर्नेमा संवत् २०८० साल साउन १६ गतेबाट ६६ औँ वर्षमा प्रवेश गर्दासमेत पदमा बहाल नै रही पछिल्लो ९नौ० महिनादेखि राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकारको प्रयोग गरी रहेकोले कानुन बमोजिम कारबाही हुन भन्ने उजुरी आयोगमा परेको विज्ञप्तिमा उल्लेख छ ।
सिलवालको जिल्ला प्रशासन कार्यालय पर्साबाट जारी नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गर्दा उमेर १६ वर्ष उल्लेख भएको पाइएको छ । उनले हाल सम्म लिएको लाभ सुविधा रकम ३६ लाख ६२ हजार १५४ रुपैयाँ र कसुर जन्य सम्पत्ति तथा साधन रोक्का, नियन्त्रण र जफत ऐन बमोजिम जफतरअसुल उपर हुन माग दाबीसहित आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।
आरोप पत्रको पूर्णपाठ






 
              
              
              
              		              
FACEBOOK COMMENTS